पुटिनले आक्रमण सुरु गरे, युक्रेनले आफ्नो रक्षा गरेर जित्नेछ : विदेशमन्त्री कुलेबा
काठमाडौँ- युक्रेनका विदेशमन्त्री डिमेट्रो कुलेबाले रुसी राष्ट्रपति भ्लादिमर पुटिनले युक्रेनमा आक्रमण सुरु गरेको बताएका छन् । युक्रेनका विभिन्न ठाउँमा विस्फोट भएको खबर सार्वजनिक भएपछि विदेशमन्त्री कुलेबाले युक्रेनमा आक्रमण सुरु भएको बताएका छन् ।
'पुटिनले भर्खरै युक्रेनमा पूर्ण रुपमा आक्रमण सुरु गरेका छन्' उनले ट्वीटमा भनेका छन् 'युक्रेनले रक्षा गर्नेछ । विश्वले पुटिनलाई रोक्न सक्छ र गर्नैपर्छ ।'
'शान्तिपूर्ण युक्रेनी सहरहरू हडतालमा छन् । यो आक्रामक युद्ध हो । युक्रेनले आफ्नो रक्षा गर्नेछ र जित्नेछ' उनले ट्वीटमा भनेका छन् ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया