पुटिनले अमेरिकाको 'कमजोरी' देखे- ट्रम्प
फाइल फाेटाे
काठमाडौँ- युक्रेनमा रुसी सैनिक कारबाही सुरु भएपछि पूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भने उनको शासनमा यस्तो हुने थिएन ।
ट्रम्पले फक्स न्यूजसँग कुरा गर्दै पुटिन पहिला नै यस्तो गर्न चाहान्थे भन्ने विश्वास नभएको बताए ।
ट्रम्पले भने, 'मलाई लाग्छ कि पुटिन कुरा गर्न चाहन्थे, र समस्या समाधान गर्न चाहन्थे तर यो मामला बिग्रदै गयो र पुटिनले त्यसमा अमेकिराको कमजोरी देखे ।'
ट्रम्पले युक्रेनमा रुसी आक्रमण अफगानिस्तानबाट अमेरिकी सेनाको फिर्ताले देखाएको 'कमजोरी' बाट सुरु भएको आफूलाई लागेको पनि बताए। एजेन्सी
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया