विश्व

इन्डोनसियामा भूकम्प : ३ जनाको मृत्यु

इकागज |
माघ २, २०७७ शुक्रबार ८:२० बजे

काठमाडौं : इन्डोनसियामा शक्तिशाली भूकम्प गएको छ । इण्डोनेसियाको उत्तरपूर्वी सहर पालोप्पोको १ सय ४२ किलोमिटर दक्षिणमा केन्द्रबिन्दु बनाएर ६ दशमलव २ रेक्टर स्टेलको भूकम्प गएको हो ।

प्रारम्भिक क्षतिको विवरणअनुसार अहिलेसम्म ३ जनाको मृत्यु भएको छ । केही समयसम्म जमिन हल्लिएपछि मानिसहरू आत्तिएर घरबाहिर निस्किएका छन् । केहीले भने आत्तिएर घरको छतबाट हाम फालेर घाइते भएको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । यसअघि बिहीबार पनि सोही ठाउँमा ५ दशमलव ९ रेक्टर स्केलको भूकम्प गएको थियो । (अन्तराष्ट्रिय सञ्चारमाध्यमको सहयोगमा) 



Author

थप समाचार
x