विश्व

रुसी आक्रमणमा ७ जनाको मृत्यु : युक्रेनी प्रहरी

इकागज |
फागुन १२, २०७८ बिहीबार १३:२१ बजे

काठमाडौँ- रुसी सेनाले गरेको बम आक्रमणमा सात जनाको मृत्यु भएको युक्रेनी प्रहरीले जनाएको छ ।

बीबीसीका अनुसार ओडेसा बाहिर पोडिल्स्कमा रहेको सैन्य इकाईमा भएको आक्रमणमा ६ जनाको मृत्यु भएको र सात जना घाइते भएका छन् । मारिउपोल शहरमा एक व्यक्तिको मृत्यु भएको जनाएको छ ।


त्यस्तै अन्य १९ जना पनि बेपत्ता छन् ।


Author

थप समाचार
x