विश्व

रुसले आक्रमण गरेको पहिलो दिन १३७ युक्रेनीको मृत्यु

इकागज |
फागुन १३, २०७८ शुक्रबार ६:४० बजे

फाइल फोटो

काठमाडौँ - रुसले युक्रेनमाथि आक्रमण गरेको पहिलो दिन १ सय ३७ जनाको मृत्यु भएको छ । 

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्सकीले आक्रमणको पहिलो दिन १ सय ३७ को मृतयु भएको बताएका हुन् ।


यसमा सैनिक र स्थानीय नागरिक दुवै रहेका छन् । राष्ट्रपति जेलेन्सकी आम रूपमा सेना परिचालनको आदेशसमेत दिएका छन्। 

युक्रनेको आन्तरिक मामिलासम्बन्धी मन्त्रालयले सबै युक्रेनीहरूले हतियार उठाएर देशको रक्षा गर्ने बेला आएको जनाएको छ।


Author

थप समाचार
x