युक्रेनका १८ देखि ६० वर्षका पुरुषले देश छाड्न नपाउने
फाइल फोटो
काठमाडौँ - युक्रेनले आफना देशका १८ देखि ६० वर्ष उमेरका पुरुषहरुलाई देश छाड्न प्रतिबन्ध लगाएको छ ।
यूक्रेन सीमा रक्षक सेवाले जनाएअनुसार सबै १८ देखि ६० वर्षका पुरुषहरुलाई देश छाड्न प्रतिबन्ध लगाइएको हो ।
युक्रनेको आन्तरिक मामिलासम्बन्धी मन्त्रालयले सबै युक्रेनीहरूले हतियार उठाएर देशको रक्षा गर्ने बेला आएको जनाएको छ। यो सैनिक कानुन लागु हुन्जेल रहने बताइएको छ ।
बिहीबार रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमाथि सैनिक आक्रमण सुरु गरेपछि सैनिक कानुन लगाइएको हो ।
युक्रेनमा हालसम्म १३७ जनाले ज्यान गुमाइसकेका छन् । बीबीसी
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया