'युक्रेनबाट हजुरआमाले बम खसिरहेको बेला रुँदै फोन गर्नुभयो, म उहाँहरूलाई जिउँदै हेर्न चाहन्छु'
काठमाडौँ- चिसो र हल्का वर्षासँगै, दुई दर्जन प्रदर्शनकारीहरू अमेरिकाको ह्वाइट हाउसको ढोकामा युक्रेनी झण्डा टाँसेर उभिएका छन् । बीबीसीका अनुसार नीलो र पहेंलो मसीमा चिन्हहरूले युद्धग्रस्त देशको लागि प्रार्थना र समर्थन गरिरहेका छन् । प्ले कार्डमा विभिन्न नारा लेखिएको छ । त्यसमध्ये एक हो 'स्टप पुटिन' ।
'हजुरआमाले युक्रेनबाट बिहान पाँच बजे फोन गरेकी थिइन्, बम खसेको बेला विचलित हुँदै रोइरहेकी थिइन्' एक युवतीले भनिन् ।
'म मेरा हजुरबा र हजुरआमालाई जिउँदै हेर्न चाहन्छु' उनले राष्ट्रिय झण्डा देखाउँदै भनिन् 'हामी सबै मुस्किलले सुतेका थियौं ।'
ठूलो भीडमा बालबालिकासहितका परिवारहरू थिए ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया