युक्रेन संकटका बीच रुसी अर्बपतिहरूले गुमाए ९० अर्ब डलर – फोर्ब्स
काठमाडौँ - फोर्ब्समा प्रकाशित रिपोर्टका अनुसार युक्रेनमा जारी आक्रमणका क्रममा रुसी अर्बपतिहरूले करिब ९० अर्ब डलर गुमाएका छन् ।
पत्रकार इयान मार्टिनले रुसी समाचार एजेन्सी टासलाई उद्धृत गर्दै रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले पनि आफ्नो देशका शीर्ष अर्बपतिहरूको बैठक बोलाएका छन् ।
रुसी राष्ट्रपति पुटिनले युक्रेनमाथि आक्रमण गर्ने घोषणा गरेपछि सेयर बजारमा पनि ठूलो गिरावट आएको छ । जसका कारण जनताले निकै सास्ती समेत बेहोर्नु परेको छ ।
यसैबीच अमेरिका, बेलायत र युरोपेली संघले पनि रुसी बैंक र अर्बपतिहरूलाई आफ्नो प्रतिबन्धमा निशाना बनाएका छन् । उनीहरुको सम्पत्ति रोक्का गरिएको छ र उनीहरुको आवतजावतमा पनि प्रतिबन्ध लगाइएको छ ।
फोर्ब्सले तथ्याकंका आधारमा जानकारी दिएको छ कि फेब्रुअरी १६ देखि रुसी अर्बपतिहरूले करिब ९० अर्ब डलर गुमाइसकेका छन् । जसमध्ये बिहीबार मात्रै करिब ३९ अर्ब डलर गुमेको छ ।
ब्लूमबर्गले पनि सोही रिपोर्ट दिएको छ । रुसको सेयर बजार ३३ प्रतिशतले घटेको छ भने रुबलको मूल्य डलरको तुलनामा रेकर्ड स्तरमा झरेको छ । फोर्ब्सले रिपोर्ट गरेको छ कि भारी नोक्सानमा परेका रूसी अर्बपतिहरूमध्ये ( एलेकपेरोफ, मिखेल्सन, मोर्दसॉफ, पोटानिन र केरिमोफ छन्। बीबीसी
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया