पुटिनको आक्रमण नेटो सदस्यसम्म पुगे हामी पनि युद्धका लागि तयार छौं- अमेरिका
फाइल फाेटाे
काठमाडौँ - अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्कनले पुटिनले युक्रेनी सरकारलाई हटाउने प्रयास गरेको बताएका छन् । अमेरिकी प्रसारक एबीसीसँगको अन्तर्वार्तामा ब्लिङ्कनले यो रुसी योजनाको हिस्सा भएको बताए । ब्लिङ्कनले युक्रेनलाई किफ र अन्य प्रमुख सहरहरूमा आक्रमण गरेर घेराबन्दी गरेको बताए।
ब्लिङ्कनले युक्रेनभन्दा बाहिर पनि रुसी आक्रमण सम्भव भएको बताए तर अमेरिका नेटो सदस्यहरूको सुरक्षा गर्न प्रतिबद्ध रहेको दोहोर्याए। अमेरिकी विदेशमन्त्रीले नेटोको कुनै एक सदस्यमाथि आक्रमण गर्नु त्यसका सबै सदस्यमाथि आक्रमण भएको बताए।
'राष्ट्रपति बाइडेन एकदम स्पष्ट छन् कि नेटोको प्रत्येक इन्च जमिन सुरक्षित रहनेछ', ब्लिङ्कनले भने। 'मलाई लाग्छ कि पुटिनले युक्रेन बाहिर आक्रमणको दायरा विस्तार गरेमा हाम्रो यो प्रतिबद्धता नै पर्याप्त छ।'
युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले पनि रुसले उनलाई हटाउन चाहेको बताएका छन् । एक भिडियो सन्देशमा राष्ट्रपति जेलेन्स्कीले भने, 'उनीहरू (रूस) युक्रेनको टाउकोलाई राजनीतिक रूपमा नष्ट गर्न चाहन्छन्। दुश्मनको पहिलो निशाना म हुँ र दोस्रो नम्बरमा मेरो परिवार छ।' बीबीसी
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया