विश्व

युक्रेनी सेनाले हतियार बिसाए रूस वार्ता गर्न तयार : विदेशमन्त्री

इकागज |
फागुन १४, २०७८ शनिबार ७:१ बजे

मस्को - रुसी विदेशमन्त्री सर्गेई लाभरोभले शुक्रबार युक्रेनी सेनाले आत्मसमर्पण गरेमा कीभसँग वार्ता गर्न मस्को तयार रहेको बताएका छन् । राजधानीमा रुसी आक्रमणकारी सेनाहरू अघि बढ्दै गर्दा उहाँको सो टिप्पणी आएको हो ।

'युक्रेनको सशस्त्र सेनाले हाम्रो आह्वानलाई सुनेर हतियार बिसाउँने बित्तिकै हामी जुनसुकै बेला वार्ताका लागि तयार छौं,' लाभरोभले मस्कोमा आयोजित पत्रकार सम्मेलनमा भने । 



Author

थप समाचार
x