विश्व

किभमा लडाईँ जारी, ५० भन्दा बढी विष्फोट

इकागज |
फागुन १४, २०७८ शनिबार ७:५० बजे

किभ, युक्रेन- रुसले युक्रेनको राजधानी किभमा विस्फोट गरिरहेको छ । ठूलो विस्फोटको आवाज सुनिएको छ र सहरको ट्रोइश्चीना क्षेत्रमा धेरै विस्फोटहरू भएको  छ ।

बीबीसीका अनुसार किभमा तोपखाना आक्रमणहरू सहरको केन्द्रबाट धेरै टाढा सुन्न सकिने चर्को स्वरमा छन् ।


किभ इन्डिपेन्डेन्टका अनुसार सहरको चिडियाखाना र शुलियाभका छिमेकमा ५० भन्दा बढी विष्फोट र भारी मेसिन गन फायर भएको रिपोर्ट गरिएको छ ।

युक्रेनी राज्य विशेष सेवाका अनुसार राजधानीको ट्रोइसच्यान्या जिल्लाको सिएचपी-६ पावर स्टेशन नजिकै लडाईँ जारी छ । आक्रमण सहरलाई बिजुलीबाट वञ्चित गर्ने प्रयास हुन सक्छ ।

किभको पेरेमोही एभिन्यूमा सवारी साधनको भग्नावशेष र जलिरहेको आगो भेटिएको छ ।

भासिलकिभमा एक एयरफिल्ड नजिकै भारी लडाईँ रिपोर्ट गरिएको छ, जसलाई रूसी प्याराट्रूपर्सले किभमा आक्रमणको लागि स्प्रिंगबोर्डको रूपमा प्रयोग गर्न खोजेको मानिन्छ ।

युक्रेनी सेनाले ब्ल्याक सी सहर माइकोलाइभमा पनि रुसीहरूलाई सफलतापूर्वक भगाएको दाबी गरेको छ ।


Author

थप समाचार
x