विश्व

३५ सय रुसी सेना मारेको युक्रेनको दाबी

इकागज |
फागुन १४, २०७८ शनिबार १२:६ बजे

किभ, युक्रेन- युक्रेनले अहिलेसम्म तीन हजार पाँच सय रुसी सैनिक मारिएको दाबी गरेको छ । बीबीसीका अनुसार आफ्नो फेसबुक पेजमा पोष्टका अनुसार आक्रमणमा संलग्न ३ हजार पाँच सयभन्दा बढी रुसी सैनिक मारिएका छन् र करिब २०० जनालाई बन्दी बनाइएको छ ।

रुसले हालसम्म १४ विमान, ८ हेलिकप्टर र १०२ ट्याङ्क गुमाएको पनि उनीहरूले बताए । रुसले हालसम्म कुनै पनि हताहत भएको स्वीकार गरेको छैन ।



Author

थप समाचार
x