विश्व

युक्रेनको मेलिटोपोल सहर कब्जा गरेको रुसी रक्षा मन्त्रालयको दाबी

इकागज |
फागुन १४, २०७८ शनिबार १२:४३ बजे

युद्धको तेस्रो दिन रुसी सैनिक युक्रेनको राजधानी कीभ नजिक पुगेका छन् । दिनरात भएका बम विष्फोटका कारण त्रास फैलिएको छ ।

किभ, युक्रेन- रुसको रक्षा मन्त्रालयले युक्रेनको मेलिटोपोल सहर कब्जा गरेको दाबी गरेको छ । रुसी सेनाले युक्रेनको दक्षिणी क्षेत्र जापोरिझ्याको मेलिटोपोल सहर कब्जा गरेको रुसी समाचार संस्था इन्टरफ्याक्स र स्पुतनिकले देशको रक्षा मन्त्रालयलाई उद्धृत गर्दै बताएको छ ।

मेलिटोपोल मारिउपोलको प्रमुख युक्रेनी बन्दरगाह नजिकैको मध्यम आकारको सहर हो ।



Author

थप समाचार
x