विश्व

ईयुको सदस्य बनाउन युक्रेनको अनुरोध

इकागज |
फागुन १५, २०७८ आइतबार ६:२८ बजे

फाइल फोटो

काठमाडौँ - युरोपेली संघ (ईयु)को सदस्य बनाउन युक्रेनले अनुरोध गरेको छ । 

युरोपेली क्षेत्रमा रहेको देश भएर पनि अहिलेसम्म युरोपेली संघको सदस्य नभएको युक्रेनले रुसको आक्रमणमा परेपछि संघको सदस्य बनाउन अनुरोध गरेको हो । 


युक्रेनका राष्ट्रपति भोलोदीमिर जेलेन्स्कीले तत्काल संघको सदस्य बनाउन अनुरोध गर्नु भएको समाचारमा जनाइएको छ । 

`अहिले हामी सङ्कटपूर्ण अवस्थामा छौँ, यस बारेमा धेरै छलफल र बहस नगरौँ, युरोपेली संघले युक्रेनलाई जतिसक्दो चाँडो आफ्नो सदस्य बनाओस्,` उनले भने। 

उनले शनिबार सामाजिक सञ्जाल ट्वीटरमा लेखेअनुसार संघको सदस्यको जिम्मेबारी निर्वाह गर्न युक्रेन तयार छ । 


Author

थप समाचार
x