विश्व

ट्रम्पले भने जेलेन्स्की 'निडर नेता'

इकागज |
फागुन १५, २०७८ आइतबार १३:४५ बजे

फाइल फाेटाे

काठमाडौँ- अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनमा रुसले गरेको आक्रमणको निन्दा गर्दै आफू युक्रेनका जनताका लागि प्रार्थना गरिरहेको बताएका छन् ।

समाचार एजेन्सी रोयटर्सका अनुसार फ्लोरिडामा एक सभालाई सम्बोधन गर्दै ट्रम्पले रुसले गरेको आक्रमणको निन्दा गर्दै युक्रेनका जनताप्रति सहानुभूति प्रकट गरेका छन् ।


यसअघि रुसले युक्रेनमा सेना पठाउन थालेपछि ट्रम्पले पुटिनको आदेशलाई ‘जिनियस’ भनेका थिए । उनले युक्रेनी राष्ट्रपति भोलोदिमोर जेलेन्स्कीको पनि प्रशंसा गरे र उनलाई 'निडर नेता'को रूपमा वर्णन गरे।

सम्बोधनका क्रममा उनले अमेरिकी राष्ट्रपति जो बाइडेनलाई पनि निशाना बनाएका थिए । 'मेरिकी चुनावमा धाँधली भएको आरोप लगाउँदै ट्रम्पले धाँधली नभएको भए यो संकट कहिल्यै नआउने बताए ।

'सबैलाई थाहा छ, हाम्रो चुनावमा धाँधली नगरेको भए म राष्ट्रपति भएको भए यो डरलाग्दो संकट कहिल्यै उत्पन्न हुने थिएन,' उनले भने।


Author

थप समाचार
x