विश्व

सर्वसाधारणलाई युक्रेन सरकारले दियाे यस्ताे निर्देशन

इकागज |
फागुन १५, २०७८ आइतबार १४:५५ बजे

किभ – युक्रेन सरकारले रुसी सेनाविरुद्ध कडा प्रतिकार गर्न उर्दी गर्दै सर्वसाधारणलाइ विभन्न निर्देशन जारी गरेको छ ।  

युक्रेनी सेनाले नागरिक प्रतिरोध आन्दोलनमा सर्वसाधारणका लागि निर्देशन जारी गरेको हो । 


‘तपाईसँग हतियार वा गोलाबारुद छ वा छैन भन्ने फरक पर्दैन, लडाईका सबै सम्भावित उपाय र माध्यमहरू प्रयोग गर्नुहोस्,’ निर्देशनमा भनिएको छ ।

यी हुन सरकारले जारी गरेको निर्देशनः

– सडक चिह्नहरु हटाउनू

–रुसी सेनाको गतिविधि असम्भव पार्न रुख ढाल

–घरमा निर्मित आगजनी उपकरणहरू प्रयोग गर

–प्रमुख यातायात केन्द्रहरू भत्काउनुहोस 

–रात वा गोधुलीमा बढी सक्रीय हुनु ।


Author

थप समाचार
x