विश्व

युक्रेन संकट : तीन दिनमा करिब २ लाखले देश छाडे

इकागज |
फागुन १५, २०७८ आइतबार २२:४० बजे

काठमाडौं - युक्रेनमाथि रूसले आक्रमण गरेपछि देश छाडेर भाग्नेको संख्या करिब २ लाख रहेको पाइएको छ । 

स्लोवाकियाका अधिकारीहरुका अनुसार पछिल्लो २४ घण्टामा युक्रेनबाट करिब १० हजार मानिस उनीहरुको तीन सीमाबाट देशमा प्रवेश गरेका छन् । यो सामान्य अंकको करिब १० गुणा बढी हो । 


४३ हजार भन्दा धेरै मानिस विगत तीन दिनमा युक्रेनबाट रोमानिया पुगेका छन् । जबकी डेढ लाख भन्दा धेरै मानिस पोल्याण्डमा शरणका लागि पुगेका छन् । 

युक्रेनको सीमा अन्य चार देश हंगरी, मोलडोवा, बेलारूस र रूससँग जोडिएको छ। हंगरी र मोलडोवामा पनि हजारौं मानिसले शरण लिएको बीबीसीले जनाएको छ । 


Author

थप समाचार
x