विश्व

रुसी विमानले क्यानडाको हवाई क्षेत्र उल्लंघन गर्‍यो

इकागज |
फागुन १६, २०७८ सोमबार १०:७ बजे

रुसी विमानले क्यानडाको हवाई क्षेत्र उल्लंघन गरेको छ । क्यानडाले कुनै पनि रुसी विमानलाई आफ्नो क्षेत्रमा प्रवेश गर्नबाट रोक लगाए पनि एक रूसी व्यावसायिक विमान क्यानडाको हवाई क्षेत्रमा उडेको छ ।

क्यानडाको यातायात मन्त्रालयले एरोफ्लोट उडान १११ को आचरणको समीक्षा गर्ने र "उचित प्रवर्तन कारबाही गर्न नहिचकिचाउने बताएको छ ।


फ्लाइट ट्र्याकिङ वेबसाइट फ्लाइट अवेयरका अनुसार आइतबार मियामी, फ्लोरिडाबाट प्रस्थान गरेपछि विमान मस्कोका लागि उडान गरिरहेको थियो ।

अमेरिकाले पनि यस्तै कारबाहीका लागि विचार गरिरहेको बताएको छ । तर अन्तिम निर्णय गर्न बाँकी रहेको अमेरिकी अधिकारीहरूले भनेका छन् ।

 


Author

थप समाचार
x