विश्व

भारतमा दैनिक सङ्क्रमितको सङ्ख्या दश हजार भन्दा कम

इकागज |
फागुन १६, २०७८ सोमबार १३:१५ बजे

नयाँ दिल्ली - भारतमा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितहरूको सङ्ख्या दश हजार भन्दा कम हुन थालेको छ । सरकारी अधिकारीहरूले सोमबार दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा आठ हजार १३ जना मात्रै नयाँ सङ्क्रमित थपिएका छन् । 

यो सङ्ख्या लामो समयपछिको सवैभन्दा कम भएको र दैनिक सङ्क्रमितहरूको सङ्ख्या पनि धेरै कम हुदै गएको संघीय स्वास्थ्य मन्त्रालयलका अधिकारीहरूले जानकारी दिएका हुन् । उनीहरूका अनुसार भारतमा अहिले एक लाख दुई हजार ६०१ जना कोरोनाभाइरसबाट सङ्क्रमित अवस्थामै रहेका छन् । 


पछिल्लो एक दिनमा १६ हजार ७६५ जना कोरोनाभाइरसबाट सङ्क्रमणमुक्त भएका छन् । योसँगै  अहिलेसम्म चार करोड २३ लाख सात हजार ६८६ जना कोरोनाभाइरसबाट सङ्क्रमणमुक्त भएको अधिकारीहरूले जनाएका छन् ।  

उनीहरूका अनुसार भारतमा कोरोनाका कारण अहिलेसम्म पाँच लाख १३ हजार ८४३ जनाको मृत्यु भएको छ । ती मध्ये ११९ जनाको पछिल्लो एक दिनमा मृत्यु भएको छ ।  पछिल्लो २४ घण्टामा भारतमा झण्डै पाँच लाख मानिसलाई कोरोनाभाइरसविरुद्धको खोप लगाइएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । 


Author

थप समाचार
x