रुस र युक्रेनबीच शान्ति-वार्ता सुरु
काठमाडौं – रुस र युक्रेनबीचको शान्तिवार्ता सुरु भएको छ । रुसले युक्रेनमाथि आक्रमण गरेको पाँचौँ दिन दुई देशका प्रतिनिधिहरूबीच बेलारुसमा छलफल सुरु भएको बीबीसीले जनाएको छ । युद्ध अन्त्य गर्ने विषयमा बैठकमा छलफल हुने जनाएको छ ।
युक्रेनी राष्ट्रपतिको कार्यालयका अनुसार युक्रेनले तत्काल युद्धविराम होओस् र रुसी सेना फिर्ता जाओस् भन्ने चाहेको बताएको छ ।
रुसले चाहिँ दुवै पक्षलाई लाभ हुने सहमति गर्न खोजेको रुसी वार्ताकार भ्लादिमिर मेडिन्स्कीले बताएको बीबीसीले उल्लेख गरेको छ । शान्तिवार्ता सुरु हुनुअघि युक्रेनका राष्ट्रपतिले रुसी सैनिकहरूलाई हतियार बिसाउन आग्रह गरेका थिए ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया