विश्व

युक्रेनमा वार्तासँगै लडाइँ पनि जारी

इकागज |
फागुन १७, २०७८ मंगलबार ६:४८ बजे

युद्धविराम गर्ने वार्ता हुँदाहुँदै युक्रेनमा रुसी र युक्रेनी फौजहरूबीच लडाइँ चर्केको छ । युक्रेनको दोस्रो ठूलो शहर खार्किभमा रुसको क्षेप्यास्त्र हमलाबाट कैयौँ सर्वसाधारण मारिएका छन् ।

अर्कोतर्फ राजधानी किएभमा खतराको जनाउ दिने साइरन फेरि बजेका छन् । उत्तरी शहर चर्निभमा भीषण गोलाबारी भइरहेका विवरणमा आएका छन् ।


रुसले युक्रेनमाथि थुप्रै मोर्चाबाट हमला गरिरहेको छ। तर युक्रेनी फौजको प्रतिवादका कारण अगाडि बढ्ने गति कम भएको छ। तीनवटै शहर युक्रेनको नियन्त्रणमा छन् । युद्ध मैदानबाट परको कुरा गर्नुपर्दा आर्थिक र कूटनीतिक कदमहरूले निरन्तरता पाएका छन् ।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले पश्चिमा प्रतिबन्धहरूका कारण देशको मुद्रा रुबलको मूल्यमा थप गिरावट आउन नदिने प्रयासमा रुसीहरूलाई विदेशमा रकम लैजान प्रतिबन्ध लगाएका छन् ।

संयुक्त राष्ट्रसङ्घीय महासभाको एउटा विरल आपत्कालीन सत्रले तत्काल लडाइँ रोक्नुपर्ने महासचिवको माग सुनेको छ । 


Author

थप समाचार
x