विश्व

अमेरिकी गुप्तचरको रिपोर्ट : युक्रेनमा अझै डरलाग्‍दो समय आउँदैछ

इकागज |
फागुन १७, २०७८ मंगलबार ८:४० बजे

अमेरिका- अमेरिकी सांसदहरूले शीर्ष रक्षा र गुप्तचर अधिकारीहरूबाट युक्रेनको अवस्थाको बारेमा सूचना प्राप्त गरेको बताएका छन् । गुप्तचरले युक्रेनको किभ र अन्य शहरहरूमा लडाईं डरलाग्‍दो हुने बताएका छन् ।

'सबैभन्दा खराब सैन्य रूपमा आउन बाँकी छ,' रिपब्लिकन सिनेटर लिन्डसे ग्राहमले भने । त्यस्तै डेमोक्र्याट सिनेटर क्रिस मर्फीले ट्विटरमा लेखे 'किभको लागि लडाईँ लामो र रक्तपातपूर्ण हुनेछ ।'


आगामी दिनहरू युक्रेनको लागि डरलाग्दो रहेको एक सांसदले भनेको सीएनएनले जनाएको छ ।


Author

थप समाचार
x