जासुसी आरोपमा १२ रुसी कूटनीतिज्ञलाई अमेरिकाले गर्यो देशनिकाला
अमेरिका- न्यूयोर्कस्थित संयुक्त राष्ट्रसङ्घका लागि कार्यरत १२ जना रुसी कूटनीतिज्ञलाई राष्ट्रिय सुरक्षाको कारण देखाउँदै अमेरिकाले देशनिकाला गरेको बीबीसीले जनाएको छ ।
राष्ट्रसङ्घका लागि अमेरिकी नियोगले ती कूटनीतिज्ञलाई जासुस भन्दै पदको दुरुपयोग गरी उनीहरू जासुसीमा संलग्न रहँदै आएको बताएको छ ।
एक प्रवक्ताका अनुसार ती रुसी कूटनीतिज्ञलाई देशनिकाला गर्नेबारे महिनौँदेखि काम भइरहेको थियो ।
राष्ट्रसङ्घका लागि रुसी राजदूतले अमेरिकी कदमबाट राष्ट्रसङ्घीय सिद्धान्तहरूको गम्भीर उल्लङ्घन भएको बताएका छन् ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया