विश्व

अस्ट्रेलियाले युक्रेनलाई ५ करोड डलर बराबरको हतियार पठाउने

इकागज |
फागुन १७, २०७८ मंगलबार ९:४२ बजे

सिड्नी ओपेरा हाउस युक्रेनी झण्डाको रंगले उज्यालो भएको छ ।

अस्ट्रेलियाले युक्रेनलाई ५ करोड डलर बराबरको सैन्य सहायता पठाउने भएको छ । मंगलबार प्रधानमन्त्री स्कट मोरिसनले ५ करोड डलर बराबरको घातक तथा गैर घातक सहायता पठाउने बताएका हुन् ।

‘हामीले गोलिगठ्ठा, क्षेप्यास्त्रको कुरा गरिरहेका छौँ, हामीले उनीहरूको आफ्नै मातृभूमि युक्रेनको रक्षाका लागि सहयोग गर्ने कुरा गरिरहेका छौँ' उनले भने ।


तर ‘रुसलाई त्यसबारे पूर्व सूचना’ आफूले दिन नचाहेको बताउँदै उनले सहयोग विस्तृत विवरण दिन अस्वीकार गरेको बीबीसीले जनाएको छ । मोरिसनले उनको सरकारले मानवीय सहायताका लागि युक्रेनलाई थप ३ करोड ५० लाख अस्ट्रेलियाली डलर बराबरको सहायता उपलब्ध गराउने बताए ।


Author

थप समाचार
x