इरानका सर्वोच्च धार्मिक नेता खामेनीले भने युक्रेन ‘भोलिको अफगानिस्तान’
काठमाडौँ - इरानका सर्वोच्च धार्मिक नेता आयतोल्लाह अली खामेनीले युक्रेन अमेरिकाले सिर्जना गरेको संकटको शिकार भएको बताएका छन् । उनले इरानले युक्रेनमा जारी युद्धको अन्त्य चाहेको बताए ।
खामेनीले टिभीमार्फत दिएको भाषणमा युक्रेनको संकटले अमेरिकालाई विश्वासै गर्न नसकिने बताए । उनले भने, 'युक्रेन सकटले याे देखायाेकि अब अमेरिकासँग विश्वास गर्नै सकिँदैन ।'
आणविक सम्झौतालाई लिएर अमेरिका र इरानबीच लामो समयदेखि तनाव जारी छ । यो तनाव डोनाल्ड ट्रम्पको कार्यकालबाट सुरु भएको थियो । अमेरिकाले आणविक सम्झौता रद्द गरेपछि तनाव सुरु भएको हो । त्यसयता दुई देशबीच पटक–पटक वार्ता हुँदै आएको छ । तर अहिलेसम्म यस विषयमा सहमति हुन सकेको छैन । बाइडेनको कार्यकालमा वार्ता तीव्र भएपनि समाधान फेला परेन।
युक्रेन संकटबारे खामेनीले भने, 'युक्रेनलाई अहिले जुन अवस्थामा छ त्यसको जिम्मेवार अमेरिका हो । अमेरिकाले नै यो समस्याा युक्रेनलाई पारेको हो ।' अमेरिकाले युक्रेनको आन्तरिक मामिलामा हस्तक्षेप गरेर, रंगमा आधारित क्रान्ति सृजना गरेर, एउटा सरकारलाई ढालेर अर्कोलाई सत्तामा ल्याएर यस्तो अवस्था सिर्जन गरेको बताए ।
उनले युक्रेनको अवस्थाबाट सबैले महत्त्वपूर्ण पाठ सिक्नुपर्ने बताए । अमेरिका र युरोपमा भर परेका सरकारहरूले उनीहरूको समर्थन वास्तविक छैन भनेर बुझ्नुपर्छ, खामेनीले भने, 'आजको युक्रेन 'भोलिको अफगानिस्तान' हो ।'
दुवै देशका राष्ट्रपतिहरूले अमेरिका र पश्चिमा देशको भर परेको र पछि एक्लै छाडिएको खामेनीले बताए। बीबीसी
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया