विश्व

युक्रेन एक्लैले लडाईँ जित्न सक्दैन : युक्रेनी राष्ट्रपति जेलेन्स्की

इकागज |
फागुन १८, २०७८ बुधबार ९:१३ बजे

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसविरुद्ध जारी लडाईँ आफ्नो देश एक्लैले जित्न नसक्ने बताएका छन् ।

निकै कडा सुरक्षा व्यवस्था भएको एउटा भवनबाट पत्रकारहरूसँग कुरा गर्दै उनले उडान प्रतिबन्धित क्षेत्र घोषणा नगर्ने अडानबारे पुनर्विचार गर्न उत्तर एट्लान्टिक सन्धि सङ्गठन नेटोलाई आग्रह समेत गरे ।


रुसमाथि लगाइएका अन्तर्राष्ट्रिय प्रतिबन्धहरूले असर देखाउन थाले पनि त्यो पर्याप्त नभएको जेलेन्स्कीले जिकिर गरेको बीबीसीले जनाएको छ ।

रुससँग थप वार्ताको सम्भावनाबारे चर्चा गर्दै उनले त्यसका लागि पहिला युक्रेनमाथि हमला रोकिनुपर्ने स्पष्ट पारे ।

उनले भनेः 'तपाईँहरूलाई थाहा छ आकाशमा लडाकु विमानहरू उडिरहँदा र बमबारी भइरहँदा वार्तामा बस्न सकिँदैन। हो हामी वार्ताको पक्षमा छौँ, तर त्यसका लागि कम्तीमा मानिसहरूमाथि भइरहेका बमबारी रोकिनैपर्छ ।'


Author

थप समाचार
x