रुसमा एप्पल कम्पनीका सबै सामानको बिक्री बन्द
प्रविधि कम्पनी एप्पलले युक्रेनमाथि रुसले आक्रमण गरेकाले रुसमा आफ्ना सबै उत्पादनको बिक्री बन्द गरेको छ ।
उक्त कम्पनीले यसअघि नै एप्पल पे र आफ्ना अरू सेवामा रुसभित्र मानिसहरूको पहुँच सीमित पारेको बीबीसीले जनाएको छ ।
यसअघि सामाजिक सञ्जाल फेसबुक र यूट्यूबले युरोपभरि रुसी सरकारी सञ्चारमाध्यमका सामग्रीमाथि प्रतिबन्ध लगाएको बताएका थिए ।
अर्को सामाजिक सञ्जाल ट्विटरले रुसी सरकारी सञ्चारमाध्यमका सामग्रीसम्बन्धी लिङ्कमा चेतावनी भनेर उल्लेख गर्ने घोषणा गरिसकेको छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया