विश्व

बेलारुसले सीमामा दश बटालियन सेना परिचालन गर्ने

इकागज |
फागुन १८, २०७८ बुधबार १०:२० बजे

मिन्स्क– बेलारुसले युक्रेनसँगको दक्षिणी सीमामा आफ्ना सुरक्षाकर्मीको संख्या दोब्बर पार्ने भएको छ । आगामी दुई दिनपछि सीमामा रहेका पाँच बटालियन सेनाको समूहलाई बढाएर दश पुर्याइने राष्ट्रपति अलेक्जेन्डर लुकाशेन्कोले घोषणा गरेका छन् । 

‘यी उच्च तालिमप्राप्त मोबाइल समूह हुन्, जसले विरोधीका जुनसुकै उत्तेजना र बेलारुसविरुद्धको सैन्य कारबाही रोक्न सक्छन्,’ युक्रेनतर्फ लक्षित गर्दै सुरक्षा परिषद्को बैठकमा भने । 


सेनाको परिचालनलाई ‘रोकथम कार्य’ भन्दै त्यसले युक्रेनका कट्टरपन्थी र हतियारहरूको प्रवेश रोक्ने बताए । रुसलाई समर्थन गरेको भन्दै पश्चिमा देशहरूले बेलारुसलाई प्रतिबन्ध लगाएका छन् ।  
 


Author

थप समाचार
x