विश्व

युक्रेनमा रातभर के-के भयो ?

इकागज |
फागुन १८, २०७८ बुधबार १०:३९ बजे

युक्रेन- युक्रेनमा रुसी सेनाले दुई ठूला सहर खार्किभ र किभमा आक्रमण गरेका छन् । अहिले युक्रेनमा बिहान भइसकेको छ । अमेरिकी राष्ट्रपति जो बाइडनले युक्रेनको अवस्थालाई आफ्नो स्टेट अफ द युनियन भाषणको धेरै हिस्सा समर्पण गरेको बीबीसीले जनाएको छ ।

रातभर के-के भयो ?


- रुसी सेनाहरूले पछिल्लो घण्टामा खार्किभमा प्यारासुट गरेका छन् । युक्रेनको दोस्रो ठूलो सहरमा आक्रमणलाई तीव्र पारेका छन् । बम विष्फोटमा दर्जनौं नागरिकको मृत्यु भएको छ ।

- सानो दक्षिणी सहर खेरसन पनि रुसी सेनाको हातमा परेको स्थानीय युक्रेनी अधिकारीहरूले बताएका छन् ।

-रुसी सैनिकहरू विमानबाट युक्रेनको पूर्वोत्तर सहर खार्किभमा ओर्लेर त्यहाँ अवस्थित सैन्य अस्पतालहरूमा आक्रमण गरेको युक्रेनिअन इन्डिपेन्डन्ट इन्फर्मेशन एजेन्सी र सैन्य अधिकारीहरूले बताएका छन् ।

- प्रविधि कम्पनी एप्‍पलले युक्रेनमाथि रुसले आक्रमण गरेकाले रुसमा आफ्ना सबै उत्पादनको बिक्री बन्द गरेको छ ।

- अमेरिकी रक्षा अधिकारीहरूले युक्रेनी फौजको प्रतिवादका कारण रुसी आक्रमणको गति धीमा भएको र उसका केही सैनिकले आत्मसमर्पण पनि गरेको बताएका छन् ।

- दक्षिणी सहर खेरसन रुसी सेनाको हातमा परेका विवरण सार्वजनिक भएका छन् । रुसी सशस्त्र गाडी र सेनाले सडकमा गस्ती गरिरहेको स्थानीय सीसीटीभी भिडियोमा देख्न सकिन्छ । 

- अमेरिकी राष्ट्रपति जो बाइडनले रुसी विमानलाई अमेरिकी हवाई क्षेत्रबाट प्रतिबन्ध लगाएका छन् ।

- आफ्नो स्टेट अफ द युनियन सम्बोधनमा, अमेरिकी राष्ट्रपतिले भने: "पुटिनले ट्याङ्कहरू लिएर किभलाई घेरा हाल्न सक्छन्, तर उनले युक्रेनी जनताको मन र आत्मालाई कहिल्यै प्राप्त गर्न सक्दैनन् ।"

- अमेरिकाका लागि युक्रेनका राजदूतलाई सम्बोधनमा उभिएर अभिवादन गरिएको थियो । रसियाले युद्धमा प्रतिबन्धित भ्याकुम हतियारहरू प्रयोग गरेको दाबी छ ।

- युक्रेनबाट हालसम्म ६ लाखभन्दा बढी मानिस पलायन भएको राष्ट्रसंघले जनाएको छ ।

- बोइङ र एक्सोनमोबिल रुससँग सम्बन्ध तोड्ने सबैभन्दा नयाँ पश्चिमी कम्पनी बने ।

- यसैबीच रूसको सहयोगी राष्ट्र बेलारुसले युक्रेनको उत्तरी सीमामा आफ्नो सेना दोब्बर बनाएको छ । उत्तरमा रूसी सेनाहरू किभमा अभियानमा समर्पित छन् ।


Author

थप समाचार
x