विश्व

रुसी नागरिकले १० हजार डलरभन्दा बढी लिएर देश छाड्‍न नपाउने

इकागज |
फागुन १८, २०७८ बुधबार ११:० बजे

मस्‍को- रुसी नागरिकले दश हजार डलरभन्‍दा बढी विदेशी मुद्रा लिएर देश छाड्‍न नपाउने भएका छन् । राष्ट्रपति भ्लादिमर पुटिनले एक आदेश जारी गरेपछि रुसी नागरिकहरूले १० हजार डरलभन्दा बढी विदेशी मुद्रा लिएर देश छाड्न नपाउने भएका हुन् ।

बीबीसीका अनुसार यो आदेश बुधबारदेखि लागू हुनेछ । पश्चिमी राष्ट्रहरूले लगाएको प्रतिबन्धले रुसी अर्थतन्त्रलाई कमजोर बनाएको छ र रुबलको मूल्यमा गिरावट आएको छ ।



Author

थप समाचार
x