रुस-युक्रेन युद्ध : मृतकबारे संयुक्त राष्ट्रसंघ र युक्रेनको डाटामा झण्डै तेब्बर फरक
गत बिहीबार युक्रेनमा रुसी आक्रमण सुरु भएयता कम्तीमा १३६ सर्वसाधारण मारिएको संयुक्त राष्ट्रसंघले जनाएको छ ।
मृत्यु हुनेमा १३ बालबालिका रहेको बीबीसीले जनाएको छ ।
तर मानवअधिकारका लागि संयुक्त राष्ट्रसङ्घीय उच्चायुक्तका प्रवक्ता लिज थ्रोसेलले वास्तविक मृत्युको सङ्ख्या धेरै बढी हुन सक्ने बताइन् ।
'अधिकांश हताहतहरू भारी तोपको गोलाबारी, हवाई हमला र अन्य व्यापक प्रभाव विस्फोटक पदार्थहरूको परिणामको रूपमा आएको हो' थ्रोसेलले भने ।
संयुक्त राष्ट्रसंघले यो लडाईँमा अहिलेसम्म करिब ४०० जना घाइते भएको पनि जनाएको छ ।
तर, युक्रेन सरकारले जारी गरेको तथ्याङ्क अनुसार ३५२ नागरिकको मृत्यु भएको छ भने १६८४ जना घाइते भएका छन् ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया