हवाई अड्डा लक्षित रुसले गर्यो मिसाइल प्रहार
किभ, युक्रेन- युक्रेनले किभबाट १२० किलोमिटर पश्चिममा रहेको झिटोमिर सहरमा राति भएको रुसी मिसाइल आक्रमणमा कम्तीमा दुई जनाको मृत्यु भएको जनाएको छ ।
बीबीसीका अनुसार सहरको हवाई अड्डालाई लक्षित गरी गरिएको मिसाइल नजिकैका आवासीय घरहरूमा प्रहार गरेको थियो ।
युक्रेनको आन्तरिक मामिला मन्त्रालयले ट्वीट गर्दै कम्तीमा दुई जनाको मृत्यु भएको र १६ जना घाइते भएको जनाएको छ । एक सरकारी अधिकारी एन्टोन गेराश्चेन्कोले यसअघि आफ्नो टेलिग्राम खातामा मृत्यु हुनेको संख्या अझ बढी भएको बताएका थिए ।
'अहिलेसम्म चार जनाको मृत्यु भइसकेको छ । त्यसमध्ये एक बालक रहेका छन्' उनले भने ।
फेसबुक र टेलिग्राफमा युक्रेन सरकारले भिडियो सार्वजनिक गर्दै विस्फोट भएको बताएका छन् । भिजनले उद्धारकर्ताहरूलाई भग्नावशेषबाट बाँचेकाहरूलाई बाहिर निकाल्न दौडिरहेको देखाएको छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया