विश्व

९ लाख मानिसले युक्रेन छाडिसके : राष्ट्रसंघ

इकागज |
फागुन १९, २०७८ बिहीबार ६:५४ बजे

युक्रेन- संयुक्त राष्ट्रसङ्घले रुसी फौजको आक्रमण युक्रेनमा विस्तार भइरहँदा करिब ९ लाख मानिसले युक्रेन छाडेका छन् ।

बीबीसीका अनुसार पोल्यान्डले युक्रेनमाथि आक्रमण थालिएयता चार लाख ५० हजार युक्रेनीहरू आफ्नो देश प्रवेश गरेको जनाएको छ ।


एक लाखभन्दा बढी मानिसहरू हङ्गेरीमा पुगेका छन् ।

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले भने मानिसहरूको प्रतिरोधी क्षमताको प्रशंसा गरेका छन् ।

उनले रुसले बम र हवाई हमलाबाट आफ्नो देशलाई लिन नसक्ने बताएका छन् ।


Author

थप समाचार
x