विश्व

युक्रेनमा पछिल्लो २४ घण्टामा के-के भयो ?

इकागज |
फागुन १९, २०७८ बिहीबार ८:५ बजे

काठमाडौँ- रुसले युक्रेनमाथि आक्रमण गरेको आज आठौँ दिन हो । रातभरको बमबारीपछि युक्रेनमा बिहानी उज्यालो हुँदैछ । युक्रेनमा यतिबेला बिहान साढे ४ बजेको छ ।

- किभमा विगत एक घण्टामा ठूलो विस्फोटको आवाज सुनिएको छ, सामाजिक सञ्जालमा पोस्ट गरिएको फुटेजमा रातको आकाशमा ठूलो आगो बलिरहेको देखाइएको छ ।
- रुसी विमानले स्वीडेनको हवाई क्षेत्र उल्लंघन गर्‍यो
- संयुक्त राष्ट्रसङ्घले रुसी फौजको आक्रमण युक्रेनमा विस्तार भइरहँदा करिब ९ लाख मानिसले युक्रेन छाडेका छन् ।
- द हेगस्थित अन्तर्राष्ट्रिय फौजदारी अदालतले रुसले गरेको युद्ध अपराधको अनुसन्धान सुरु गरेको छ ।
- युक्रेनबाट भाग्ने शरणार्थीको संख्या अहिले १० लाख पुगेको संयुक्त राष्ट्रसंघले जनाएको छ ।
- युक्रेनका राष्ट्रपति जेलेन्स्कीले एक भिडियो जारी गर्दै नागरिकहरूलाई रूसी कब्जाको प्रतिरोध गर्न सक्दो गर्न आग्रह गरेका छन् ।
- अमेरिकी अधिकारीहरूका अनुसार ४० माइल (६० किलोमिटर) रुसी सशस्त्र काफिले किभ जाने बाटोमा कुनै न कुनै रूपमा अडकिएको छ ।
- विगत २४ घण्टामा रुसको आर्टिलरी बमबारी बढेको र भीषण लडाइँ जारी रहेको प्रत्यक्षदर्शीहरूले बताएका छन् ।
- रुसी सेनाले रणनीतिक बन्दरगाह सहर मारिउपोल र खेरसनलाई घेरेको छ
- खेरसनका मेयरले भने कि रुसी सेनाहरू सहरमा प्रवेश गरिसकेका छन्, तर यो अहिलेको लागि युक्रेनी झण्डामुनि रहनेछ ।
- उत्तरी सहर चेर्निहिभमा युक्रेनी अधिकारीहरूले एउटा अस्पताललाई दुईवटा क्रुज मिसाइलले प्रहार गरेको बताएका छन् ।
- युक्रेनको दोस्रो ठूलो सहर खार्किभमा रुसी गोलाबारी लगातार परेको छ, जसमा दर्जनौं सर्वसाधारणको मृत्यु र घाइते भएका छन् ।
- रुसले युक्रेनी प्रतिनिधिहरूसँग दोस्रो चरणको शान्तिवार्ता गर्न आफू तयार रहेको जनाएको छ ।
- युक्रेनी अधिकारीहरूले दिएको पछिल्लो जानकारीमा एक साता अगाडि सुरु भएको रुसी अतिक्रमणका कारण हालसम्म २,००० गैरसैनिकको ज्यान गइसकेको छ।
- युक्रेनी सेनाका अनुसार रुसले देशमा आक्रमण सुरु गरेयता अहिलेसम्म ५,८४० रुसी सैनिकको ज्यान गएको छ ।
- रुस-युक्रेन युद्ध जारी रहेका बेला बुधबार राति संयुक्त राष्ट्रसंघको महासभामा भएको मतदानमा प्रस्तावको पक्षमा नेपालसहित १४१ देश मुलुकले भोट दिए । विपक्षमा पाँच देशले मतदान गर्दा भारत, चीनसहित ३४ मुलुक तटस्थ बसेका छन् ।



Author

थप समाचार
x