किभका बासिन्दालाई रुसले सहर छाड्न अनुमति दिने
युक्रेन- रुसी सेनाले किभका बासिन्दाहरूलाई मध्य शहर भासिल्किभको दिशामा सहर छोड्न अनुमति दिने बताएका छन् । रक्षा मन्त्रालयका प्रवक्ता मेजर जनरल इगोर कोनाशेन्कोभले सरकारी टिभीलाई आक्रमणको अपडेट दिँदै सहर छोड्न अनुमति दिने बताएका हुन् ।
'नागरिकलाई बाहिर निस्कन रुसी सेनाका कर्मचारीहरूबाट कुनै अवरोध हुने छैन,' मेजर जनरल कोनाशेन्कोभले रोलिङ न्यूज च्यानल रोजिया २४ सँग भनेको बीबीसीले जनाएको छ ।
रुसले सर्वसाधारणलाई किभबाट बाहिर निकाल्ने बाटो प्रस्ताव गरेको यो दोस्रो पटक हो । सोमबार मेजर जनरल कोनाशेन्कोभले समान प्रस्ताव गरे । नागरिकहरूलाई भासिल्किभ जाने बाटो खुला र सुरक्षित भएको बताए ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया