रूस र युक्रेन दोस्रो चरणको वार्तामा बस्दै
काठमाडौँ- रूस र युक्रेनका प्रतिनिधिमण्डलहरू आज बेलारुसमा दोस्रो चरणको वार्तामा बस्न लागेका छन्। युक्रेनी राष्ट्रपतिका सल्लाहकारले उनीहरूका प्रतिनिधिहरू बाटोमा रहेको पुष्टि गरेको सिएनएनले जनाएको छ । युक्रेनी राष्ट्रपतिका सल्लाहाकार मिखाइलो पोडोल्याकले यस वार्ताबारे ट्वीट गरेको सिएनएनले लेखेको छ । युक्रेनी प्रतिनिधिमण्डल बिहीबार रुसी अधिकारीहरूसँगको भेटका लागि निस्किएको पोलोल्यकलाई उद्धृत गर्दै सिएनएनले जनाएको छ ।
रूसी वार्ता टोलीसँग वार्ता गर्नको लागि हामी पहिले नै हेलिकप्टरमा उडिसकेको छौँ। वार्ता केही घण्टामा सुरु हुनेछ। वार्ता टोलीका एक वरिष्ठ अधिकारी डेभिड अराहमियासँगको आफ्नो फोटोसँगै फेसबुकमा लेखेका छन्।
यस्तै वार्ता हुने पुष्टि गर्दै रुसी विदेशमन्त्री सर्गेई लाभरोभले एक भिडियो कन्फ्रेनसमा जनाएका छन्। यस्तै उनले युक्रेनी पक्षले जानाजानी आगमनमा ढिलाइ गरेको समेत बताएका छन् । युक्रेन संयुक्त राज्य अमेरिकाको कठपुतली राज्य भएको समेत उनले सो क्रममा दाबी गरे ।
बिहीबार क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले एक रूसी प्रतिनिधि मण्डल बेलारुसमा युक्रेनी वार्ताका टोलीकआगमनको पर्खाइमा रहेको जनाएका छन् । बुधबार दोस्रो चरणको वार्ताका लागि दुवै देशका प्रतिनिधिमण्डलबीच भेट हुने कार्यक्रम थियो तर युक्रेनी टोली अनुपस्थित भएका कारण वार्ता हुन सकेन् । सोमबार पाँच घण्टासम्म चलेको पहिलो चरणको वार्ता बिना निष्कर्ष टुंगिएको थियो ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया