विश्व

कुवेतमा सरकार विघटन

इकागज |
माघ ५, २०७७ सोमबार २१:११ बजे

कुवेत : कुवेतको सरकार विघटन भएको छ । प्रधानमन्त्री शेख सबाह खालेद अल हमद अल सबाहले दिएको राजीनामा सोमबार राजा शेख सवाफ अल अहमद हल जबर अल सबाहले स्वीकृत गरेका हुन् । 

प्रधानमन्त्री सबाहले यही जनवरी ३१ मा कुवेती राजा समक्ष राजीनामा दिएका थिए । तत्कालै अर्को मन्त्रिपरिषद् गठन गर्ने तयारी भइरहेको राजदरबारका अधिकारीहरूले जनाएका छन् । देशको राष्ट्रिय सभा र मन्त्रिपरिषद्बीचमा सम्बन्ध विग्रिएकाले राजीनामा दिनु लागेको प्रधानमन्त्रीले मन्त्रिपरिषद् बैठकमा जानकारी दिएका थिए ।  


उनले उपप्रधानमन्त्री र मन्त्रीहरुलाई राजनीतिक अवस्थाका बारेमा व्याख्या गर्दै आफुहरू अव बिदा हुनुपर्ने अवस्थामा रहेको संकेत गरेका थिए ।   

उनले सन् २०२० डिसेम्बर १४ देखि कुवेती सरकारको नेतृत्व गरेका थिए । (रासस


Author

थप समाचार
x