बन्दुकधारीको आक्रमणमा ६ गाउँलेको मृत्यु
लागोस : नाइजेरियाको उत्तरपश्चिम भागमा पर्ने कुदुना राज्यमा अपरिचित बन्दुकधारीहरूले गरेको आक्रमणमा परी कम्तीमा ६ सर्वसाधारणको मृत्यु भएको छ ।सरकारद्वारा नियन्त्रित दुई ओटा इलाकामा भएको यस आक्रमणमा परी ६ सर्वसाधारणको मृत्यु हुनुको साथै अन्य आठ घाइते भएका छन् ।
बन्दुकधारीहरूले चुकुन र गिवा क्षेत्रका केही समुदायमा ठूलो संख्यामा छापा मारेका राज्यका आन्तरिक सुरक्षा र गृह मामिलाका आयुक्त शमूएल अरुवानले बताएका छन् । यस घटनाको अनुसन्धान सुरु भएको अरुवानले बताए । नाइजेरियाको उत्तरपश्चिम क्षेत्रमा वर्षौदेखि अपहरण र अन्य आपराधिक गतिविधिका घटनाहरु व्याप्त रहेका छन् । (रासस)
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया