विश्व

इटलीका प्रधानमन्त्री कोन्टेको राजिनामा स्वीकृत

इकागज |
माघ १३, २०७७ मंगलबार २१:१३ बजे

रोम  : इटलीका प्रधानमन्त्री जुसेप कोन्टेले मंगलबार राष्ट्रपति सर्जियो मातारेलालाई भेटी सरकार प्रमुखबाट राजिनामा दिने जानकारी गराएका छन् । सरकारद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “प्रधानमन्त्री कोन्टेले राजिनामा दिने इच्छा राष्ट्रपतिसँग प्रकट गर्नुभएको छ ।”

राष्ट्रपतिको कार्यालयबाट प्राप्त जानकारीमा प्रधानमन्त्रीले राजिनामाका लागि गरेको आग्रहलाई राष्ट्रपतिले स्वीकृत गरेको उल्लेख छ । गण्तन्त्र इटलीका राष्ट्रपतिसँग रहेको अधिकार प्रयोग गर्दै प्रधानमन्त्रीले पदबाट दिएको राजिनामा स्वीकृत गरेको राष्ट्रपतिको कार्यालयद्वारा मंगलबार नै जारी विज्ञप्तिमा भनिएको छ ।


यससँगै मातारेलाले छिट्टै नयाँ सरकार गठनका लागि इटलीका राजनीतिक दललाई आग्रह गर्नेछन् ।  वर्तमान् सरकारलाई सन् २०२३ को मार्चसम्म काम गर्ने जिम्मेवारीसहित सन् २०१८ मा पाँच वर्षका लागि कोन्टे इटलीको प्रधानमन्त्री बनेका थिए । (रासस)


Author

थप समाचार
x