विश्व

लकडाउनका बेला यात्रा गरेको भन्दै बेलायती प्रधानमन्त्रीको आलोचना

इकागज |
माघ १५, २०७७ बिहीबार २०:३४ बजे

लण्डन  : लकडाउनका बेलामा यात्रा गरेको भन्दै बेलायतका प्रधानमन्त्री बोरिस जोनसनको आलोचना भएको छ । उनले लकडाउनका बेला स्कटल्याण्डको भ्रमण गरेर कोभिड-१९ नियन्त्रणका लागि बनाइएको कानुनको उल्लंघन गरेको भन्दै आलोचना भएको हो ।

कोरोना भाइरसको महामारी थप फैलिँदै गएपछि बेलायतमा अहिले देशभरी नै लकडाउन लागु गरिएको छ । उनले लकडाउनको उल्लंघन गरेको धेरैको टिप्पणी छ । विश्‍वमै सवैभन्दा पहिला कोरोनाविरुद्धको खोप लगाउन सुरु गरेको बेलायतमा अहिले पनि दैनिक हजारौ सङ्क्रमित भएका छन् भने सयौँको मृत्यु भइरहेको छ ।


आलोचकहरूले कडा लकडाउनको बेलामा प्रधानमन्त्री जोनसनले राजनीतिक शक्तिको दुरुपयोग गरेको आरोप लगाएका छन् । स्कटल्याण्डका मुख्यमन्त्री निकोलस स्टुर्गेनले पनि प्रधानमन्त्री जोनसनको भ्रमण अत्यावश्यक नभएको बताएका छन् । स्टुर्गेनले दिएको अभिव्यक्तिका कारण पनि प्रधानमन्त्री जोनसनको भ्रमणको आलोचनाले चर्चा पाएको हो । (रासस)
 


Author

थप समाचार
x