अफगानिस्तानमा तालिबानको आक्रमणमा आठ सुरक्षा अधिकारी मारिए
अफगानिस्तान : अफगानिस्तानको पूर्वी भाग नान्गार्हारमा रहेको अफगान सैन्य शिवीरलक्षित शनिबार भएको एक आत्मघाती बम आक्रमणमा परी कम्तीमा आठ सुरक्षा अधिकारी मारिएका छन् । तालिबान लडाकू समूहले विस्फोटन पदार्थले भरिएको गाडी शिवीरभित्र लगेर विस्फोट गराएका थिए ।
तालिबानी प्रवक्ता जबिहुल्लाह मुजाहिदले तालिबान लडाकू समूहले आक्रमण गरेको दाबी गरेका छन् । प्रायः अशान्त नै भइरहने नान्गार्हार प्रान्तमा शनिबार बिहान सबेरै आक्रमण भएको बताइएको छ । प्रान्तमा यसअघि पनि तालिबान लडाकू समूहले सरकारी सेनालक्षित बारम्बार घातक हमला गर्दै आएका छन् ।
गत वर्ष वासिङ्टनसँग गरेको सम्झौता अनुरुप प्रतिवद्धता तालिबानले नगरेको पेन्टागनले भनाई आएको दुई दिनपछि आक्रमण भएको छ । सम्झौतामा वाशिङ्टनले तालिबान लडाकू समूहले हिंसाहत्या नगर्ने र अल कायदा आतंककारी समूहसँग रहदै आएको तालिबानको सम्बन्ध बिच्छेद हुनु पर्ने शर्त रहेको थियो ।
सैन्य शिवीरमा भएको यस आत्मघाती आक्रमणमा परी आठ सुरक्षा अधिकारी मारिएका नान्गार्हारमा गभर्नरद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । तर नान्गार्हार प्रान्तीय काउन्सिलका उपप्रमुख आज्माल ओमारले भने यस आक्रमणमा परी १५ सैनिकको मृत्यु हुनुको साथै अन्य पाँच घाइते भएका बताएका छन् ।
जलालाबाद शहरनजिकै विस्फोटक पदार्थले भरिएको अर्को गाडी कब्जा गरिएका प्रान्तीय गभर्नरका कार्यालयले जानकारी दिए । केही समययता नान्गार्हार प्रान्तमा इस्लामिक स्टेट्स (आइएस) आतंककारी समूहले कैयौ घातक आक्रमणहरू गरेका छ्न् ।
यसैबीच शनिबार नै राजधानी शहर काबुलमा सडक किनारमा राखिएका दुईवटा बम विस्फोट भएका छन् । तर यस विस्फेटामा परी कोही पनि हताहत नभएको समाचार एजेन्सीहरूले बताएका छन् । (रासस)
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया