मध्य मेसम्म साउदी अरबमा यात्रा गर्न प्रतिबन्ध
फाइल तस्बिर
रियाद : साउदी अरबले यात्रा प्रतिबन्धको समयावधि फेरी लम्ब्याएको छ । साउदी अरबको सरकारले यात्रा प्रतिबन्ध लगाइएको समयावधि शुक्रबार थप गरिएको घोषणा गरेको हो । नयाँ निर्णयअनुसार नागरिकले आगामी मे १७ तारिखसम्म यात्रा गर्न नपाउने अधिकारीहरुले जानकारी दिएका छन् ।
कोभिड-१९ को महामारी खतरापूर्ण अवस्थामै रहेकाले यात्रा प्रतिबन्धको निर्णय खारेज गर्न नमिल्ने निश्कर्ष निकाल्दै सरकारले समयावधि थप गरेको हो ।
साउदी अरबमा नागरिकलाई देशभित्रै पनि यात्रा गर्न, सामुद्रीक क्षेत्रमा जान, हवाइ तथा स्थल मार्गमार्फत सिमानाभन्दा बाहिर आवतजावत गर्न अघिल्लो वर्षको मार्च १३ देखि नै प्रतिबन्ध लगाइएको हो । कोभिडविरुद्धको खोप ल्याउन ढिलाइ भएकाले यात्रा प्रतिबन्धको अवधि पनि लम्ब्याउनु परेको साउदी अरबको आन्तरिक मामिला मन्त्रालयले जनाएको छ ।
साउदी अरबमा शुक्रबार मात्रै थप २६७ जनाका कोभिड-१९ को संक्रमण पुष्टि भएको सरकारी अधिकारीहरुले जनाएका छन् । सोही अवधिमा दुई जनाको मृत्यु भएको छ । योसँगै साउदी अरबमा अहिलेसम्म कोभिडबाट कुल ६ हजार ३६८ जनाको मृत्यु भएको छ । (रासस)
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया