विश्व

सत्ता नछाडे कडा कदम चाल्ने म्यानमार सेनालाई अमेरिकाको चेतावनी

इकागज |
माघ २०, २०७७ मंगलबार ८:४३ बजे

काठमाडौँ : सत्ता हातमा लिएर नेताहरूलाई गिरफ्तार गरेको म्यानमार सेनालाई अमेरिकाले कडा चेतावनी दिएको छ । अमेरिकी राष्ट्रपति जो बाइडनले आङ साङ सूकीलगायतका नेताहरूलाई रिहा गरेर सत्ता नछाडे कडा कदम चाल्ने चेतावनी म्यानमार सेनालाई दिएका हुन् । साथै उनले तत्कालै म्यानमारका नेताहरूलाई सत्ता सुम्पिन पनि आग्रह गरेका छन् । 

यस्तै संयुक्त राष्ट्र संघको सुरक्षा परिषद बैठक पनि बोलाउने तयारी छ । म्यानमारमा सेनाले सत्ता हातमा लिएपछि राष्ट्र संघले सुरक्षा परिषदको आपतकालिन बैठक बोलाएर थप छलफल गर्ने योजना बनाएको छ ।


सोमबार म्यानमार सेनाले सत्ता हातमा लिएपछि यसको संसारभर विरोध भइरहेको छ । नेपालले पनि म्यानमारका नेताहरूलाई गिरफ्तार गर्ने सेनाको कदमको विरोध गरेको छ । 


Author

थप समाचार
x