विश्व

थाल ठटाएर सैनिक ‘कू’ को विरोध गरेपछि म्यानमारमा फेसबुक बन्द !

इकागज |
माघ २२, २०७७ बिहीबार ८:५१ बजे

काठमाडौँ : सेनाले सत्ता हातमा लिएको म्यानमारमा फेसबुक बन्द भएको छ । बुधबार बेलूकी थाल ठटाएर म्यानमारका नागरिकले सैनिक ‘कू’को विरोध गरेका थिए । थाल ठटाउँदै गरेको फोटो तथा भिडियो सामाजिक सञ्जालमा पोष्ट गरेपछि सेनाले फेसबुक बन्द गराएको हो ।

फेसबुकमार्फत सैनिक कू को विरोध बढेपछि त्यसलाई रोक्न फेसबुक बन्द गराइएको म्यानमारबाट नेपाली पत्रकार दीपक भट्टराईले जानकारी दिएका छन् । फेसबुक बन्द भएको जानकारी गराउँदै उनले ट्वीटरमा लेखेका छन्, ‘मेरो फेसबुक बन्द भयो। ट्विटर कहिलेसम्म चल्छ थाहा छैन।’


फेसबुकमार्फत कू को विरोध गर्न थालेपछि त्यहाँको सैनिक सरकारले इन्टरनेट प्रदायक कम्पनीलाई फेसबुक बन्द गर्न निर्देशन दिएको थियो । गएको सोमबार म्यानमार सेनाले राष्ट्रपति, प्रधानमन्त्रीदेखि नेता कार्यकर्तालाई पक्राउ गरेर एक वर्षे संकटकाल घोषणा गरेको छ । 


Author

थप समाचार
x