विश्व

पूर्वराष्ट्रपति ट्रम्पलाई कूटनीतिक ब्रिफिङ नगर्न वाइडनको निर्देशन

इकागज |
माघ २४, २०७७ शनिबार १७:४४ बजे

काठमाडौँ :  अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पलाई कूटनीतिक ब्रिफिङ नदिने जानकारी राष्ट्रपति जो वाइडनले दिएका छन् । एक अन्तर्वार्तामा वाइडनले उनी पूर्व राष्ट्रपति भए पनि उनका अस्थिर र अनिश्‍चित व्यवहारका कारण त्यस्तो ब्रिफिङ दिन नसकिने उल्लेख गरेका हुन् ।

उनले त्यस्तो ब्रिफिङ ट्रम्पलाई नगर्न सम्वन्धित निकायलाई समेत निर्देशन दिइसकेका छन् । सीबीएस न्यूजसँगको अन्तर्वार्तामा ४६ औं राष्ट्रपति वाइडनले  ४५ औँ राष्ट्रपतिलाई महत्वपूर्ण कूटनीतिक जानकारी दिन उपयुक्त नहुने बताएका हुन् ।


अमेरिकामा सबै पूर्वराष्ट्रपतिलाई राष्ट्रिय सुरक्षा सम्बन्धी जानकारी दिने परम्परा छ । राष्ट्रपतिको कार्यकालपछि पनि उनीहरूलाई सुरक्षासँगै मुलुकको कूटनीतिक जानकारी दिने प्रचलन अमेरिकामा छ । ट्रम्पलाई सुरक्षा दिए पनि कूटनीतिक जानकारी नदिने वाइडन प्रशासनले स्पष्‍ट धारणा बाहिर ल्याएपछि यसमा थप बहस हुने भएको छ ।

अमेरिकाकाे नेतृत्व सम्हालेका वाइडनले उनको कार्यकालमा त्यस्तो  ब्रिफिङ ट्रम्पलाई नदिए पनि अन्य पूर्व राष्ट्रपति यसबाट बन्चित हुने छैनन् । पूर्वराष्ट्रपति ट्रम्पको चार वर्षे कार्यकालमा अमेरिकाको कुटनीति अन्य मुलुकसँग तनावपूर्ण रहेको राष्ट्रपति वाइडनको तर्क छ।


Author

थप समाचार
x