विश्व

दक्षिण फिलिपिन्समा ६.३ म्यानिच्युडको भूकम्प

इकागज |
माघ २५, २०७७ आइतबार १४:३१ बजे

प्रतिकात्‍मक तस्‍बिर

मनिला : फिलिपिन्सको दक्षिणी भागमा पर्ने दाभाओ डेल सुर प्रान्तमा आइतबार ६.३ म्याग्‍निच्युडको भूकम्प गएको फिलिपिन्सको भूगर्भ विभागले जानकारी दिएको छ । स्थानीय समयानुसार आइतबार दिउँसो ( १२:२२ ) उक्त भूकम्प गएको बताइएको छ । माग्सेसे शहरबाट ६ किलोमिटर दक्षिणपश्चिममा १५ किलोमिटरको गहिराईमा उक्त भूकम्पको केन्द्रविन्दु रहेको बताइएको छ ।

 यस भूकम्पको कम्पन कोटाबाटो प्रान्तको कादापावान शहर र कोरोनादाल सहरमा पनि कम्पनको महसूस गरिएको समाचारमा जनाइएको छ । यस भूकम्पबाट  मानवीय र भौतिक क्षतिको हालसम्म कुनै समाचार प्राप्त भएको छैन् । फिलिपिन्समा भूकम्पको प्रकोपले बारम्बार सताएको पाइन्छ । रासस



Author

थप समाचार
x