विश्व

उत्तराखण्डमा भिषण बाढी, १५० भारतीय बगेको आशंका

इकागज |
माघ २५, २०७७ आइतबार १५:१८ बजे

काठमाडौँ  : भारतको हिमाली राज्य उत्तराखण्डको धौलिगंगा नदीमा आइतबार एक्कासी बाढी आउँदा एक सय देखि एक सय पचास जना सम्म हराइरहेको स्थानिय सञ्चार माध्यमले जनाएका छन् । उत्तराखण्डको चमोली जिल्लामा हिमनदी फुटेपछि धौलीगंगामा नदीमा बाढी आएको थियो । जसका कारण, नकिकैको विद्युत गृहमा काम गरिरहेका मजदुर बगेको हिन्दुस्तान टाइम्सले आफ्नो रिपोर्टमा उल्लेख गरेको छ । 

नदीमा आएको बाढीका कारण त्यसवरपर बस्ने सयौँ स्थानिय समेत जोखिममा परेको बताइएको छ । बाढीका कारण थप क्षति हुन नदिन पउरी, तेहरी, रुद्राप्रयाग, हरिद्धार र देहरादुन लगायतका जिल्लामा सर्तक रहन पूर्वसूचना जारी गरिएको छ । बाढीमा हराएका भारतीय र जोखिममा परेका स्थानियको उद्धारका लागि इन्डो–तिब्बतीयन बोर्डर पुलिस (आइटीबीपी) का जवानहरुलाई खटाइसकिएको हिन्दुस्तान टाईम्सले लेखेको छ । 



 


Author

थप समाचार
x