विश्व

ताजकिस्तानमा भूकम्प, भारतमा हलचल !

इकागज |
फागुन १, २०७७ शनिबार ७:२३ बजे

काठमाडौँ : ताजकिस्तानमा शक्तिशाली भूकम्प गएको छ । शुक्रबार राती ताजकिस्तानको मुर्घाव सहर नजिकै केन्द्रबिन्दु बनाएर ६ दशमलव ३ म्याग्निच्युडको भूकम्प गएको हो । अन्तराष्ट्रिय सञ्चारमाध्यमले यसलाई ५ दशमलव ९ म्याग्निच्युडको भूकम्प पनि भनेका छन् ।

भूकम्पले पाकिस्तान, अफगानिस्तानदेखि भारतसम्म हलचल ल्याएको छ । दिल्ली, काश्मिर र पञ्जाबका नागरिक भूकम्पको धक्का महसुस गरेपछि घरबाहिर निस्केका भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।


काश्मिरमा केही घर चर्किएका र पन्जाबमा एक घर भत्किएको पनि भारतीय सञ्चारमाध्यमले बताएका छन् । यद्यपी अहिलेसम्म मानवीय क्षतिको विवरण आएको छैन । 


Author

थप समाचार
x