विश्व

तमिलनाडुमा पटाका उद्योगमा आगलागी हुँदा १९ को मृत्यु

इकागज |
फागुन १, २०७७ शनिबार १९:५ बजे

फाइल तस्बिर

नयाँदिल्ली :  भारतको एउटा पटाका उद्योगमा भएको आगलागीमा परी कम्तीमा १९ जनाको मृत्यु भएको छ । घटनामा अरु केही घाइते समेत भएको सरकारी अधिकारीहरूले शनिबार जानकारी दिएका छन् ।

तमिलनाडु प्रदेशको भृदुनगर जिल्लामा शुक्रबार भएको घटना यस वर्षकै यस प्रदेशकै सवैभन्दा ठूलो नराम्रो घटना भएको अधिकारीहरूले जनाएका छन् । स्थानीयअधिकारी आर कन्‍नानले मृतकको सङ्ख्या अझै बढी हुन सक्ने बताए । उनका अनुसार केही घाइतेहरूको अवस्था गम्भीर रहेकाले मृतकको सङ्ख्या बढ्न सक्ने देखिएको हो । 


“घटनामा परी अरु ३४ भन्दा बढी घाइते भएका छन्, उनीहरु सवैको अहिले उपचार भइरहेको छ, उनीहरु मध्ये केहीव्यक्तिको शरिरका धेरै भागजलेका छन्, त्यसैले उनीहरुको अवस्था गम्भीर रहेको छ,” उनले भने । 

कन्‍नानले दिएको जानकारीअनुसार आगलागी भएका बेला उद्योगमा झण्डै ७४ जना मानिस रहेका थिए । स्थानीय सञ्‍चार माध्यमहरूले आगलागी भएको उद्योग अवैध तरिकाले सञ्‍चालन भइरहेको बताएका छन् ।  प्रहरीले अहिले उद्योगका बारेमा र आगलागीको घटनाका बारेमा अनुसन्धान गरिरहेको छ । 

घटनाका बारेमा थाहा पाएपछि प्रधानमन्त्री नरेन्द्र मोदीले दुःख व्यक्त गर्दै राहत दिने घोषणा गरेका छन् । उनले मृतकहरूलाई परिवारलाई दुई लाख रुपैयाँका दरले दिने घोषणा गरेका छन् । (रासस)
 


Author

थप समाचार
x