विश्व

अफगानिस्तानको रक्षामन्त्रीका चालक र छोराको हत्या

इकागज |
फागुन २, २०७७ आइतबार २०:३६ बजे

काबुल  : अफगानिस्तानमा रक्षामन्त्रीका सवारी चालक र उनका छोराको हत्या भएको छ । सरकारी अधिकारीहरूले दिएको जानकारीअनुसार चालक मोहम्मद अफ्जाल र उनका पाँच वर्षीय छोराको शुक्रबार हत्या भएको हो ।

राजधानी काबुलको माक्रोरायन ए चर क्षेत्रमा रहेको आफ्नै निवासमा उनीहरूको हत्या भएको अधिकारीहरूले जनाएका छन् । देशमा शान्ति स्थापनाका लागि प्रयास भइरहेका बेला दर्दनाक हिंसात्मक घटनाहरू पनि भइरहेका हुन् । 


घटनाका बारेमा अहिलेसम्म कुनै पक्षले जिम्मेवारी नलिएको अधिकारीहरूले बताएका छन् । लामो समयदेखि द्वन्द्वमा फसेको अफगानिस्तानमा पछिल्लो समय द्वन्द्व अन्त्यका लागि धेरै प्रयासहरू भइरहे पनि सफलता मिल्न सकेको छैन । (रासस)
   
 


Author

थप समाचार
x